खरिदारको एक दस्तुर अवधि बढाइयो « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

खरिदारको एक दस्तुर अवधि बढाइयो


१५ चैत्र २०७६, शनिबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगले खरिदार वार सो सरहको विज्ञापनमा दरखास्त दिने म्यादलाई निरन्तरता दिएको दिएको छ ।

आयोगबाट गत फागुन २८ गते प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरहका विभिन्न पदको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापनमा दरखास्त दिने अन्तिम मिति आउँदो चैत १८ सम्म तोकिएकोमा कोरोना भाइरसका कारण दरखास्त दिने एक दस्तुर अवधिलाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि निरन्तरता दिएको हो ।

आयोगले शनिवार एक सूचना प्रकाशित गर्दै कोरानाका कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै अनलाइन मार्फत दरखास्त दिने एकल दस्तुरको अवधि लम्ब्याएको हो ।

उम्मेदवारको उमेर हद, शैक्षिक योग्यता लगायत दरखास्तका सर्तहरू पूर्वप्रकाशित विज्ञापनमा उल्लेख भए अनुसार नै हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस