२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनको अवज्ञा गर्नेलाई कारबाही गरिने : प्रजिअ पौडेल

अ+ अ-

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनको अवज्ञा गर्नेलाई कानुन अनुसार कारबाही गरिने बताएका छन् ।

कोरोना भाइरसको सक्रमणको अवस्था दिन प्रतिदिन बढीरहेको अवस्थामा रोकथामका लागि सरकारले गरेको लकडाउनलाई पूर्ण रुपना पालना गर्नु पर्ने बताए । उनले भने, ‘हामीले सबै नागरिकहरूलाई घरभित्र बस्न जथाभाबी बाहिर ननिस्कन आग्रह गर्ने हो, सम्झाउने हो यदि यतिभन्दा पनि मान्दैनन् भने अब समातेर कानुन अनुसार कारबाही गरिन्छ ।’

सरकारले कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्नका लागि गरेको लकडाउन डोटीका मुख्य बजार क्षेत्रमा पूर्ण रूपमा पालना गरेको भए पनि गाउँघर तिर केही मात्रामा मानिसहरू हिडडुल गरिरहेको गुनासो बढेकोले गाउँघरतिर पनि आज देखि थप कडाइका साथ पालना गराउन प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको समेत प्रजिअ पौडेलले बताए ।

सरकारले घोषणा गरेको लकडाउनको समयमा एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी लगायत अतिआवश्यक सेवाका सवारी साधन बाहेर अन्य सवारीसाधन नचलाउन लकडाउनको पूर्ण परिपालन गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे ।

सुदूरपश्चिम प्रदेशको धनगढीमै कोरोना सङ्क्रमित भेटिएपछि जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत प्रजिअ पौडेलले जिल्लावासीलाई आग्रह गरेका छन् ।

सङ्घीय सरकारको निर्णय बमोजिम दैनिक उपभोग्य सामाग्रीको बिक्री वितरणमा त रोक्न सक्ने अवस्था छैन तर पनि मालसामान किनबेच गर्दा व्यापारी र उपभोत्ताहरुले पनि मास्कको प्रयोग गर्ने, दुरी कायम गर्ने, सामान किन्न भिडभाडमा जनाले लगाएका सावधानी अपनाउनु आवश्यक रहेको बताए ।

अहिले सयौँको सङ्ख्यामा नेपालीहरू दुई साताको लागि क्वारेन्टाइन बसिरहेका कारण नेपाल सरकारले एक सातको लागि घोषणा गरेको लकडाउनको समयावधि बढ्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस