२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रिय कोरोना’

कविता

अ+ अ-

प्रिय कोरोना
तिमी कति बहादुर
तिमी कति शक्तिशाली
तिमि एउटा अदभूत शक्ति लिएर
शहरका चोकचोक गल्लिगल्लीमा
सबैलाई आतंकित पार्दै
भय, त्रास र ढुकढुकी सँगै
अर्थतन्त्रलाई डामाडोल पारी
मानिसको चीत्कार सँग रमाउन
मृत्यु अनि मलामी सँग रमाउन
तिमी आएका छौ हुरि र बतास सँगै
तिमी आएका छौ तुफान वेग सँगै ।।।।

प्रिय कोरोना,
तिमी कति शक्तिशाली
तिमी कति बहादुर
चीन वुहानको एक कुनाको तिम्रो जन्म
अनि तिम्रो बहादुरी
संसारभर फैलिरहदा
कहिले नडराउने बिस्तारबादिहरु
एट्मबम धारिहरु
सिमा मिच्ने छिमेकीहरु
तिम्रो आगमन सँगै
ससङ्कित छन
भयवित छन ।।

प्रिय कोरोना
तिमी पूर्वबाट हुत्तिएर
सिधै पश्चिम दिशामा मोडिदा
हाम्रो सुन्दर भुमिमा नपस्नु नै
तिम्रो ठुलो उपलब्धी हो
सायद तिमी सगरमाथा सँग डरायौ
सायद तिमी पशुपति र बुद्ध सँग डरायौ
सायद तिमी हाम्रो प्रकृति सँग डरायौ
प्रिय कोरोना,
हाम्रो लागि तिमी डराएकै ठिक छ
हाम्रो लागि तिमी नआएकै ठिक छ
हाम्रो लागि तिमी अस्ताएकै ठिक छ।।

प्रिय कोरोना,
हुन त तिम्रो प्रयास जारी हुँदो हो
अनेक बहानामा
तिमी आउन खोजिरहँदा
तिमी एक पटक सोचेर आउ
एक पटक आफ्नो भविष्य देखेर आउ
के तिमी यहाँ टिक्न सक्छौ ???
हाम्रो प्रतिरक्षा र प्रकृति सँग
संघर्ष गरि जुध्न भन्दा
प्रिय कोरोना
तिमी नआएकै ठिक छ
जसरी यहाँ सुनामी आउँदैन
त्यसरी नै तिमी हुत्तिदै जाउ
सुनामी छाल बनेर
कहिले नफर्किने गरि
अनन्तकाल सम्म नफर्किनेगरि ।।।।

प्रिय कोरोना
तिम्रो प्रतिकारमा
यहाँ सबै भनिरहेका छन
यहाँ सबै बोलिरहेका छन
अनि सन्देश छोडिरहेका छन
त्यहीँ संदेश र निगरानी सँगै
तिमी भन्दा शक्तिशाली हुन
म आज भोलि
योग, ध्यान र प्रणायाम गर्दै
पटकपटक साबुनपानी सँग रमाउनु
हिड्दा मास्क लगाइ भिडमा नजानु
अनि
हरेक तिम्रा प्रवेशका बाटोहरुलाई
अवरोध गरि निगरानी गर्नु
हाम्रो दैनिकी हो।।।

त्यसैले,
प्रिय कोरोना
तिमी यहाँ नआएकै ठिक छ
बाटो मोडि सदाका लागि अस्ताएकै ठिक छ।।
प्रिय कोरोना
तिमी अस्ताएकै ठिक छ ।।।।

उदय पाठक
सुनवल, नवलपरासी

प्रतिक्रिया दिनुहोस