प्रशासन र स्थानीय सरकारसँग सहकार्य नगरी ११० जना डोल्पा ल्याइँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रशासन र स्थानीय सरकारसँग सहकार्य नगरी ११० जना डोल्पा ल्याइँदै


१५ चैत्र २०७६, शनिबार


डोल्पा । सरकारले लकडाउन गरेपछि देशका विभिन्न सहरबाट डोल्पा आउने नागरिकहरू अलपत्र परेको भन्दै मन्त्री र साँसदले जिल्ला प्रशासन र स्थानीय सरकारसँग सहकार्य नगरी ११० जना नागरिक नेपालगन्जबाट डोल्पा पठाएका छन् ।

नागरिकहरू अलपत्र परेकोले उद्धार गरेको कर्णाली प्रदेश सरकारका सदस्य डोल्पाका माननीय वीरबहादुर शाहीले दाबी गरे । उनले भने सहरमा गर्मी बढेको र झनै बिरामी हुने भएको कारण डोल्पा पठाएको तर व्यवस्थापन जसरी पनि हुन्छ

तर यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने आफसँग कुनै पनि छलफल नभएको र जिल्लामा व्यवस्थापन गर्ने कुनै पनि तयारी नभएकोले आफूले अनुमति दिन नसक्ने र सम्पूर्ण जिम्मा जसले पठाएको उसैले लिने जिकिर गरेका छन् ।

एकै पटक बिना तयारी जिल्लामा नागरिक ल्याएको र क्वारेन्टाइन समेत तयार गर्न समय नभएको भन्दै शक्तिको दुरुपयोग गरेको ठुली भेरी नगरपालिका ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले आक्रोश व्यक्त गरे ।

भण्डारीले भने नागरिक ल्याउन नहुने भन्ने हैन स्थानीय सरकारसँग सहकार्य गरेर ल्याउनु पर्ने हामी ११० जनाको कारण ४० हजार नागरिक जोखिममा राख्न सक्दैनौ ।

Tags :
प्रतिक्रिया दिनुहोस