मुख्यमन्त्री राईद्वारा दैनिक ज्यालादारी श्रमिकलाई राहत उपलब्ध गराउन सुझाव सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री राईद्वारा दैनिक ज्यालादारी श्रमिकलाई राहत उपलब्ध गराउन सुझाव सङ्कलन


१५ चैत्र २०७६, शनिबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिएका छन् । मुख्यमन्त्री राईले कोभिड १९ नियन्त्रण, रोकथाम सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार सर्वपक्षीय स छलफल कार्यक्रममा सो सुझाव लिएका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामका बारेमा जानकारी गराउँदै आगामी दिनमा प्रभावकारी ढङ्गले काम अगाडि बढाउनका लागि सरोकार पक्षको राय सलएका थिए ।

बैठकमा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायी सङ्घसङ्घठनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

छलफलमा सहभागी प्रतिनिधिले प्रदेश सरकारले अगाडि बढाएका नीति कार्यान्वयन गर्न एकजुट भएर लाग्ने दृढता व्यक्त गरे।

प्रहरी सुरक्षामा दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलको लागि ट्रकबाट चामक ल्याइँदै गर्दा तीन महिला र दुई बालक कामको खोजीमा बजारमै थिए । कोरोना भाइरसबाट बच्न लकडाउन जारी हुँदा अरुको सामान बोकेर पैसा कमाउने मजदुरहरु समस्यामा परेका छन् ।

बाजुराको गौमुल गाउँपालिका–१ अम्लिस घर भइ हाल मार्तडीमा बस्ने ३० वर्षीया कम्पनी रोकाया कामको खोजीमा भौतारिएका । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउन र गुजारा चलाउन सामान बोक्ने गरेको रोकायाले बताए । ‘आर्थिक कमजोर भएर नै ज्याला मजदुरीसँगै भारी बोकेर छोराछोरी र घरपरिवार चलाउने गरेको छु ।’ उनले भने ।

रोकायाका दुई सन्तान छन् । श्रीमान् मार्तडीमै कसैको ठेक्का पट्टाका योजनामा काम गर्दै पैसा कमाउने गर्छन् । दुवै सन्तानलाई पढाई खर्च र लुगा कपडा किन्न समेत पैसा नहुँदा ज्यालामा मजदुरी गर्दै भारी बोक्नुपर्ने बाध्यता रहेको रोकायाको भनाइ छ । उहाँ विहानै बजारमा जाने र दिभरी भारी बोकेर ल्याएको पैसाले चामल नुन, तेल लिएर मात्र चुलोमा आगो बल्ने गरेको गर्नहुन्छ ।

रोकायाजस्तै त्रिवेणी नगरपालिका–८ कालापानीकी गंगा गिरी पनि मजदुरीका लागि मार्तडी आएको करिव चार वर्ष बित्न लाग्यो । बजारमा कुन साहुको गाडी आयो भनेर कुरेर बस्ने गरे गिरीले अहिले खासै कमाइ नभएका कारण कोठा भाडा र ग्यास किन्नका लागि पैसाको अभाव भएको गिरीले दुखेसो पोखे । गिरीलाई लकडाउन भन्दा पनि पैसा कमाउनमा बढी ध्यान छ । दिनमा कसैको भारी बोकेर ज्याला नपाएपछि रातभरी निद्रा समेत नलाग्ने उनी बताउँछन् ।

छोराछोरीलाई कसरी स्कुलमा पढाउने, उनीहरुलाई कहाँबाट कपडा किन्ने जस्ता चिन्ता हुने गरेको जनाउँदै उनले घरमा कमाउनेहरु गाउँको झगडा मुद्धामा कारागारमा सजाय भोग्दै आएकाले आफू एक्लैले परिवार चलाउन समस्या भएको बताए । सात जनाको परिवार दैनिक ज्यालादारीमा काम नपाए भोकै बस्नुपर्ने बाध्यता रहेको गिरीले दुखेसो छ ।

रोकाया र गिरीजस्तै गौमुल गाउँपालिका–२ दहकोटकी सीता रोकायाको दैनिकी भारी बोक्ने र छोराछोरीलाई पढाइ खर्च जुटाउने हो । उनी मार्तडी बसेको दशक बित्यो । दशकदेखि नै भारी बोक्दै छोराछोरीलाई निजी क्षेत्रका विद्यालयमा अध्ययन गराउँदै आएका छन् । घरमा कोही पनि जागिरे नभएपछि ज्याला मजदुरी गरेर नै घर खर्च चलाउनुपर्ने अवस्था रहेको रोकायाले बताए ।

अरुको भारी बोक्दै जोहो गर्नुपर्दा मालबहाक ट्रकहरु नआउने भएपछि घर खर्च कसरी चलाउनेबारेमा चिन्ता बढ्न थालेको रोकायाले बताए।

मजदुरी गरेर जिवीकोपार्जन गर्नेलाई केही व्यवस्थापनका लागि बडिमालिका नगरपालिका छलफलमा रहेको सो नगरपालिकाका प्रमुख पदम बडुवालले बताए । उनले लकडाउन एक साता मात्र भएकाले तत्काल व्यवस्था केही नभएपछि यसबारेमा आवश्यक सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले दैनिक मजदुरी गरेर खानेलाई हालसम्म केही व्यवस्था नभएको जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस