१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा अभियानमा एक भएर लागौँ : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गर्नुभएको छ । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु ५० करोड विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘कोरोनाको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक जम्मा गरेका छौँ । जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी÷व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई उक्त कोष वृद्धिका लागि सहयोग गर्न आह्वान गर्छु ।’

सम्भावित जोखिमलाई रोकथाम गर्न थालेको प्रयासमा सहयोगका लागि सम्पूर्ण नागरिकमा अपिल गर्दै उनले छिमेकी मुलुक भारत र अन्य देशबाट आएकालाई १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्नो परिवार तथा समाज सङ्क्रमणबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले यस्तो परिस्थितिमा कोहीकसैलाई नडराउन तर सचेतना अपनाउन सुझाउँदै आत्तिएर नभई धैर्यताका साथ आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरे ।

मुख्यमन्त्री शाहीले अग्रपङ्क्तिममा खटिएर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माणका लागि आम नागरिकलाई आग्रह गर्दै हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिने सुरक्षाकर्मीका लागि शुरु तलब स्केल बराबरको ५० प्रतिशत र स्वास्थ्यकर्मीका लागि शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गर्ने जनाए ।

उनले ज्वरो आउने, सुक्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाइ लागेमा नजिकको स्वास्थ्य संस्था वा हेल्थ डेस्कमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले कोरोनाबाट प्रभावितको उद्धारका लागि १११० नंको हटलाइन सेवा शुरु गरेकाले अप्ठ्यारो र समस्या पर्दा त्यसमा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस