२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

अ+ अ-

रोम । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९ सय १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो ।

इटालीको मिलानमा रहेको सान राफायल अस्पतालको आईसीयूमा कोभिड–१९ संक्रमितको उपचार हुँदै तस्बिर स् रोयटर्स

यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ । त्यस्तै इटाली शुक्रबार थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।

इटाली कोरोना भाइरसको संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि करिब २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।

स्पेनमा पनि शुक्रबार मात्रै ७ सय ७३ जनाको मृत्यु भएको छ भने थप ७ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार एक सय ३८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म संक्रमितको संख्या ६५ हजारभन्दा बढी पुगेको छ भने करिब ९ हजार निको भएका छन् ।

कोरोना भाइरसको नयाँ इपिसेन्टर मानिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करिब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप ३१२ जनाको मृत्यु भएको छ ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ । अमेरिकाको राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २९९, बेलायतमा १८१, इरानमा १४४, जर्मनीमा ८४, नेदरल्यान्ड्समा ११२, स्विजरल्यान्डमा ३९, बेल्जियममा ६९, दक्षिण कोरियामा ८ र चीनमा ३ जनाको मृत्यु भएको छ ।

विश्वका विभिन्न देशमा गरी पछिल्लो २४ घण्टामा मात्रै ३ हजार एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस