विद्युतमा २० प्रतिशत छुट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युतमा २० प्रतिशत छुट


१५ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो ।

कोरोना भाइरस(कोभिड-१९) को महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थामा ग्राहकलाई राहत दिन समितिले यस्तो निर्णय गरेको हो ।

यसका साथै एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको मन्त्री पुनले बताएका छन् ।

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा खाना पकाउन विद्युत् प्रयोगलाई प्रोत्साहन गर्न र जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको हो मन्त्रीको पुनको भनाई छ ।

लकडाउनसँगै एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ । ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रूपमा महामारीलाई उपयोग गर्न खोजिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस