पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु


१४ चैत्र २०७६, शुक्रबार


पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजे सेनाले निकुञ्जमा गस्ती गरेको थियो। सोही क्रममा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन।

त्यस्तै सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन्। उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ। मकवानपुरका तस्कर मोहन सिङ दोङलाई नियन्त्रणमा लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस