प्रधानमन्त्री ओली डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली डिस्चार्ज


प्रशासन विशेष ब्युरो

१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । स्वास्थ्यमा समस्या आएर बिहीबार राति अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरिएको छ ।

मुटुको चालको घटबढ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो ।

उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। ‘करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ’, थापाले भने।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाललगायतका नेताहरू अस्पताल पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस