कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, यी हुन् सहयोगदाता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, यी हुन् सहयोगदाता


१४ चैत्र २०७६, शुक्रबार


सह सचिव

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण तथा उपचार कोषमा १५ करोड ३१ लाख तीन हजार २२२ रुपैयाँ जम्मा भएको छ ।

शुक्रवार(आज) दिउँसो ३ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि एक लाख भन्दा माथि सहयोग गर्ने १० वटा र एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न संघसंस्थाबाट गरी सो रकम जम्मा भएको हो । यो सरकारले जम्मा गरेको ५० करोडबाहेकको रकम हो ।

हेर्नुहोस् कसले कति सहयोग गरे

 

Tags :
प्रतिक्रिया दिनुहोस