कर्मचारीलाई कोरोना कोषमा तलब जम्मा गर्न सरकारको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीलाई कोरोना कोषमा तलब जम्मा गर्न सरकारको निर्देशन


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई कोरोना सङ्क्रमण रोकथाम र उपचारको सहयोगार्थ रकम जम्मा गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। मुख्य सचिव लोक दर्शन रेग्मीले राष्ट्रिय वाणिज्य बैंकको‌ कोरोना भाइरस सङ्क्रमण ‌रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरी सरकारको निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव),प्रथम श्रेणी)सहसचिव)ले सुरु तलब स्केलको‌ ७ दिनको तलब जम्मा गर्नुपर्नेछ। त्यस्तै राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव),तृतीय श्रेणी(शाखा अधिकृत)को ५ दिनको र राजपत्र अनङ्कित(नासु, खरिदार) र श्रेणी विहीन कर्मचारीले ३ दिनको‌ तलब जम्मा गर्नुपर्नेछ।

गत चैत्र ९ गते सरकारले निजामती कर्मचारीको तलब कोरोना उपचार कोषमा जम्मा गर्नुपर्ने‌ निर्णय गरेको थियो । सरकारको नाममा सिंहदरवारमा रहेको १९६०००००११०१ नम्बरमा रकम जम्मा गर्न सकिने छ ।

सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने निर्णय भएको थियो।

कोषमा सहयोगका लागि सरकारले आम नागरिक र देश–विदेशबाट कोषमा स्वैच्छिक सहयोग गर्न आह्वान गरेको छ।

कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस