चीनतर्फका दुवै नाका आजैबाट खुला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चीनतर्फका दुवै नाका आजैबाट खुला


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला भएका छन् ।

औषधि र अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन मिल्ने गरी नाका खुला गरिएको भन्सार विभागले जनाएको छ ।

सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाईको विभागका महानिर्देशक सुमन दाहालले बताए ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस