कान्तिपुर पत्रिका बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कान्तिपुर पत्रिका बन्द


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कान्तिपुर दैनिक पत्रिका बन्द भएको छ ।

विश्वव्यापी महामारीका रूपमा संसारभर फैलिँदो कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरिसकेको अवस्थामा सहकर्मी, पाठक तथा राज्यको आव्हानपछि आज(शुक्रबार)देखि केही दिनका लागि स्थगित भएको जनाइएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कठोर तर अत्यावश्यक निर्णयमा पुगेको जनाउँदै विशेष प्रकाशकीयमार्फत प्रिन्ट माध्यम बन्द भएको जनाएका हुन् ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वानलाई कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौँ’ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भनेका छन् ‘जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्र बाह्रपछि केही दिनका निम्ति स्थगन हुनेछन् ।’

दैनिक रूपमा परिस्थितिको आकलन र हालको स्थितिमा सुधार आउनासाथ पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिने उनले जनाएका छन् ।

केएमजीका डिजिटल माध्यमहरु ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत भने संचालनमै रहने छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस