फिवर क्लिनिक सञ्‍चालन लागि सरकारले प्रति अस्पताल १० लाख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिवर क्लिनिक सञ्‍चालन लागि सरकारले प्रति अस्पताल १० लाख


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । सरकारले मुलुकभरका लागि हब अस्पतालका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैया उपलब्ध गराएको छ ।

ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैयाँ दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराइएको जानकारी दिए । साथै त्यस्ता विरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीईको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे ।

उनले भने,’साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पिपीई गाइडलाईन बनाएका छौं र पीपीई गाइडलाईन अनुसार उपचारमा संलग्‍न हुन भनिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस