भाटभटेनीले घरमै मालसामान पुर्‍याउने ! - प्रशासन प्रशासन
prasaLogo
१३ चैत्र २०७६, बिहीबार

भाटभटेनीले घरमै मालसामान पुर्‍याउने !


प्रकाशित मिति : 26 March, 2020 9:25 pm

काठमाडौँ । के तपाईँलाई कुनै सामान चाहिएको छ, लकडाउनका कारण बाहिर निस्कन सकिरहनु भएको छैन ? त्यसो हो भने अब चिन्ता नगर्नुस् भाटभटेनी सुपर मार्केटले तपाईँको घरमै मालसामान पुर्‍याउने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्य वस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठुला सुप्परमार्केटलाई खुला राख्न तथा डेलिभरी सेवा थाल्न गरेको आग्रहपछि भाटभटेनीले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको हो ।

फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपर मार्केटले जनाएको छ ।

उपलब्ध गराएको फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत गरिने अर्डर उपभोक्ताले आफ्नै ठेगानामा पाउने सुपर मार्केटले जनाएको छ ।

उसले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यो योजना सार्वजनिक गरेको हो ।

भाटभटेनीले यो सेवासँगै अनलाइन पेमेन्टलाई पनि प्राथमिकता दिएको छ । केही समय अघि सरकारले इ-पे सेवामा दश प्रतिशत क्यास ब्याकको योजनासमेत ल्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस