नर्भिक अस्पतालको कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नर्भिक अस्पतालको कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । नर्भिक अस्पतालमा १५ सैयाको कोभिड आइसोलेसन वार्ड आज(बिहीबार)देखि सञ्चालनमा ल्याएको छ ।

अस्पतालको मूल भवनभन्दा छुट्टै नवनिर्मित भवनमा ‘फुल्ली इक्यूप्ड कोभिड आइसोलेसन वार्ड’ सञ्चालनमा आएको अस्पतालको अध्यक्षसमेत रहेका वसन्त चौधरीले बताएका छन् ।

कोरोना उपचार कोषमा एक करोड सहयोग गर्ने घोषणासमेत गरेका चौधरीले कुनै पनि प्रकृतिको बिरामीलाई सेवा नदिने जस्तो अमानवीय कार्य गरेको छैन र गर्ने छैन भन्दै कोरोना बिरामीका लागि १५ सैयाको वार्ड सञ्चालन ल्याउने बताएका थिए ।

सम्बन्धित समाचार : कोरोना बिरामीका लागि नर्भिकमा छुट्टै १५ सैयाको वार्ड सञ्चालनमा छ : वसन्त चौधरी

उनले ट्विट गर्दै भनेका छन्, ‘नर्भिक अस्पतालको मूल भवन भन्दा छुट्टै १५ शैयाको नवनिर्मित फुल्ली इक्यूप्ड कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा आएको छ । नर्भिक सधैँ तपाईँहरूको सेवामा !’

Tags :
प्रतिक्रिया दिनुहोस