आधा सिलिन्डर ग्यास बजारमा पठाउन निगमको निर्देशन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आधा सिलिन्डर ग्यास बजारमा पठाउन निगमको निर्देशन


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिन्डर ग्यास भर्न निर्देशन दिएको छ।

हाल भरी सिलिन्डरमा १४ दशमलव २ केजी ग्यास हुने गरेकोमा अब ७ दशमलव एक केजी मात्रै ग्यास हुनेछ ।

लकडाउनसँगै बजारमा माग उच्च भएको र पु¥याउन सक्ने अवस्था नभएपछि आधा सिलिन्डर बेच्ने निर्णय भएको निगम स्रोतले बताएको छ । पर्याप्त ग्याँस मौजाद रहेको र कुनै समस्या नपर्ने जनाउँदै आएको आयल निगमले यति बेला भने ग्याँस उद्योगीलाई आधा सिलिन्डर भर्न निर्देशन दिएको हो ।

निगमले बुधवार नै निर्णय गरे पनि ग्यास व्यवसायीले सरकारको थप निर्देशन पनि मात्रै कार्यान्वयन गर्ने भन्दै अहिलेसम्म कार्यान्वयन गरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस