हात्तीको आक्रमणबाट दुई घाइते - प्रशासन प्रशासन
prasaLogo
१३ चैत्र २०७६, बिहीबार

हात्तीको आक्रमणबाट दुई घाइते


प्रकाशित मिति : 26 March, 2020 10:14 am

सिन्धुली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन् । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए ।

विगतमा समूहमा आवद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस