सिमकोटमा एकबाट अर्को वडामा जान प्रवेश निषेध ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिमकोटमा एकबाट अर्को वडामा जान प्रवेश निषेध !


१३ चैत्र २०७६, बिहिबार


हुम्ला । कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपत्कालीन कोष खडा गरेको छ ।

सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । उनले भने, “कुनै आपत् परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ ।” त्यस्तै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक गाउँबाट अर्को गाउँ र वडा प्रवेशमा निषेध लगाउने निर्णय गरेको उनले बताए ।

आवश्यकताअनुसार कोषमा पैसा हेरफेर गर्न सकिने गरी निर्णय भएको गाउँपालिकाका प्रवक्ता रूपसिंह सुनारले बताए। पालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिल्ला बाहिर रहे पनि बैठकले आपत्कालीन कोष खडा गरेको उनले बताए ।

बैठकले वडा नं १ देखि ८ सम्मका कोही कसैमा समस्या वा कोरोनासम्बन्धी जानकारी लिनुपरेमा तीन जनालाई सम्पर्क गर्न भनिएको छ । अध्यक्ष पदमबहादुर लामा ९८५८३२०५२९, उपाध्यक्ष वलि रावत ९८५८३२२१५३ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया ९८५८०२८९२१ लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता सुनारले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस