खाद्य आपूर्ति नरोकिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खाद्य आपूर्ति नरोकिने


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा. गङ्गादत्त आचार्यले बताए ।

महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यवस्तुको उत्पादन तथा आपूर्तिसमेत सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सञ्चालन रहने जानकारी गराइन्छ ।”

आधारभूत खाद्यवस्तुको उत्पादन र आपूर्तिमा समस्या आए कृषि तथा पशुपक्षी मन्त्रालय र पशु सेवा विभागमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले खाद्यवस्तु आपूर्तिमा समस्या भए मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नं ९८४१४०१२८७ र पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माको मोबाइल नं ९८५१०६७३८७ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस