हामी साथमा छौँ -चिनियाँ राजदूत होउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामी साथमा छौँ -चिनियाँ राजदूत होउ


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा भएको बताउदै प्रार्थना गरिरहेको बताउँदै नेपालका लागि प्रार्थना गरिरहेको बताएकी छिन् ।

सरकारले लक डाउन गर्ने निर्णय गरे लगत्तै ट्विट गर्दै नेपालका लागि चिनिया राजदूत यान्छीले नेपालीलाई सहयोग पु¥याउन चिकित्सा सामग्रीको व्यवस्था मिलाउँदै गरेको बताएकी छिन् ।

नेपालले यसअघि नै चीनसँग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्सलगायत उपकरण माग गरेको छ।

उनले लेखेकी छिन् ‘हामी नेपालका लागि प्रार्थना गर्दै छौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू मिलाउँदै छौँ । हामी साथमा छौँ’

Tags :
प्रतिक्रिया दिनुहोस