स्वास्थ्यकर्मीले बनाए व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वास्थ्यकर्मीले बनाए व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)


१२ चैत्र २०७६, बुधबार


डोल्पा । जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन । बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) निर्माण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) ले देश लकडाउन भएको र स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) समयमा उपलब्ध नगराए पछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट आफैँ निर्माण गरेर प्रयोगमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिईन् ।

उनका अनुसार डाक्टरहरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बनाएर नमुना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्टिक किनेर नेपाल आर्मीले सिलाउने बताईन् ।

पहिलो पटक डाक्टरले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पाँच थान निर्माण गरेर प्रयोग गरेका छन् । तर कति प्रभावकारी भन्नेबारे भने भन्न नसकिने जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

‘रावलले भने आपतकालिन बेलामा यतिसम्म भएपनि सुरक्षित हुनेछन् नहुनु भन्दा थोरै भएपनि सुरक्षाको अनुभुति हुनेछ । माथिबाट सरकारले उपलब्ध गराउने बेलासम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छँौ’ ।

बिरामीको चाप बढदो छ । औषधि केही मात्रै छ । जनशक्तिको अभाव रहेको छ । डाक्टर छन् तर स्टाफर्नसको कमि रहेको छ । डाक्टर सिजन रावलले दुखेसो पोखे । उनले भने, ‘हामीसँग जनशक्ति थोरै छ उपकरणहरु पनि छैनन विद्युतको समस्या छ, निकै दुखदायी अवस्थामा काम गरिरहेका छौँ ।

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) कम्तिमा पनि १५ देखि २० थानसम्म निर्माण गरेर अस्पताल, आइसोलेशन कक्ष र क्वारेन्टाईनमा खटिने सबै स्वास्थ्यकर्मिहरुलाई प्रयोग गर्न लगाइ उपचारमा संलग्न गराइने डाक्टर सिजन रावलले बताए ।

यति बेला जिल्ला अस्पतालमा ग्लोब्स, माक्स, बुट लगायतका सामाग्रीहरुको भने मौजात निकै कम छ, जोखिममा स्वास्थ्यकर्मिले काम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस