सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा प्रवेश निषेध ! « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा प्रवेश निषेध !


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा प्रवेश निषेध गरेको छ ।

कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणको कारणबाट उत्पन्न जोखिमलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्यनजर गरी श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जानकारी गराइन्छ ।

यसका साथै पत्रकारहरूले पनि निर्देशनालयबाट पठाउने प्रेस विज्ञप्ति र थप जानकारी टेलिफोनबाट नै लिन सक्ने उल्लेख छ ।

हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरू विगतका दिनहरूमा झैँ प्रेस विज्ञप्तिमार्फत यहाँहरूलाई जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरूको लागी यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चार कर्मी लगायत सबैमा जानकारी गराइन्छ विज्ञप्तिमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस