कोरोना भाइरसबाट अमेरिकाका चर्चित नाटककारको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरसबाट अमेरिकाका चर्चित नाटककारको मृत्यु


१२ चैत्र २०७६, बुधबार


काठमाडौं । अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

८१ वर्षीय मेक्नलीको अमेरिकाको फ्लोरिडामा ज्यान गएको बताइएको छ ।

उनले चारपटक टोनी पुरस्कार जितेका थिए । ६० वर्षको उमेरसम्म उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।

उनीले क्यान्सर रोगलाई समेत जितेका थिए । उनको फेक्सोको एक भागमा मात्र क्यान्सरबाट जागिएको थियो ।

कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस