कोरोना भाइरस : प्रदेश प्रमुख कलौनीद्वारा सहयोग - प्रशासन प्रशासन
prasaLogo
१२ चैत्र २०७६, बुधबार

कोरोना भाइरस : प्रदेश प्रमुख कलौनीद्वारा सहयोग


प्रकाशित मिति : 25 March, 2020 8:05 am

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्।

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन् । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस