कोरोनासम्बन्धी आफूखुसी खोलेका कोष बन्द गर्न सरकारको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनासम्बन्धी आफूखुसी खोलेका कोष बन्द गर्न सरकारको निर्देशन


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलेका राहत कोष बन्द गर्न निर्देशन दिएको छ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको मङ्गलवार बसेको बैठकले सरकारले नै कोष बनाइसकेको अवस्थामा अरूले बनाइरहनु जरुरी नहुने भन्दै त्यसरी खोलिएको कोष बन्द गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बनाएकै कोषमा आर्थिक सहयोग गर्न सकिने बताए।

‘सरकारले कोष बनाइसकेको अवस्थामा सबै संस्थाले यसैमा आर्थिक सङ्कलन गर्नु राम्रो हुन्छ,’ उनले भने, ‘कुनै संस्थाले यसबिचमा कोष खडा गरेको भए केन्द्रीय कोषमा एक साताभित्र रकम जम्मा गरिसक्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस