स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सरकारले कोरोना संक्रमणको उपचारमा आवश्यक स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको बताएका छन् ।

मन्त्री खतिवडाले भने, ‘निजी क्षेत्रले पारदर्शी तरिकाले चाँडै नै उपकरण ल्याउने हो भने सरकारले हवाई साधनको प्रबन्ध पनि गर्न सक्छ।’

सरकारी प्रक्रियाबाट उपकरण ल्याउन केही समय लाग्ने भएपछि नीजि क्षेत्रलाई आव्हान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस