नाकामा रोकिएकालाई क्वारेन्टाइनमा बस्ने गरी स्वदेश प्रवेश गर्न दिइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नाकामा रोकिएकालाई क्वारेन्टाइनमा बस्ने गरी स्वदेश प्रवेश गर्न दिइने


११ चैत्र २०७६, मंगलबार


धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित गौरीफन्टा नाकामा रोकिएका हजार बढी नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने प्रवेशको अनुमति दिने भएको छ।

सीमा नाकाको दशगजा क्षेत्रमा रोकेर राखिएका नेपालीलाई सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइनमा राख्ने गरी भित्राउन लागिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् ।

अहिले उनीहरूको स्वास्थ्य परीक्षण र व्यक्तिगत विवरण लिने काम भइरहेको छ भने साँझसम्म गन्तव्यतर्फ लगिने जनाइएको छ । यातायात समितिहरूको बस मार्फत सम्बन्धित जिल्लामा पु¥याइने उनीहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्नेछन् ।

सोमबार साँझदेखि घर फर्किन लागेको नेपालीहरूलाई स्थानीय प्रशासनले प्रवेश गर्न नदिएपछि मङ्गलवार बिहान घर फर्कन पाउनुपर्ने माग राख्दै चर्को नाराबाजीसहित जबरजस्ती गरेका थिए।

सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस