भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवा मृगौला रोगी हुन् : अस्पताल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवा मृगौला रोगी हुन् : अस्पताल


११ चैत्र २०७६, मंगलबार


काठमाडौं । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका ३० वर्षीय युवा मृगौलाका रोगी भएको अस्पतालले जनाएको छ ।

मंगलबार बिहान ९ः३० बजे उपचारको क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका–२२ का ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले विज्ञप्ति निकाल्दै भनेको छ, अस्पतालमा ९ गते वीरगञ्ज २२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव पहिलेदेखि नै लुपस भने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा आएनु भएको थियो, राती १० बजे भर्ना भएका उक्त बिरामीको स्वाब १० गते र्नै काठमाडौं पठाईएको छ ।’

उनलाई १० गते दिउँसोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्षमा सारिएको थियो । त्यहाँ पनि उनको कुनै सुधार हुन नसकेको असपतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनको स्वाबको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । उनको शवलाई रिपोर्ट नआउँदासम्म आइसोलेसनमै राखिने अस्पतालले जनाएको छ ।

यस्तो छ विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस