२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’

अ+ अ-

काठमाडौँ ।
“संसारभरि दसौँ हजार मान्छे मरिरा’छ

अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ

डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ

यो बेलामा हामी सबै सचेत बन्नुपर्छ

आउँदैछ कोरोना भाइरस

विश्वभर आतङ्क छाइरहा’छ….”

विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् । आजदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बजेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

चीनको हुवान प्रान्तबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए । नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए । यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

“अङ्कमाल हात मिलाउन आजैबाट छोडौँ

भेटघाट हुँदा नमस्कार गर्दै हात जोडौँ

स्वस्थ्य बन्न सक्छौँ आफ्नै आनी र बानीले

माक्स लगाउ हात धोउ हजुर साबुन र पानीले

डराउनैपर्ने त छैन है

ख्याल ठट्टा गर्ने नि होइन है…”

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौँ र बचाऔँ’ को उद्घोषसहित डा बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्काे गीति भिडियो प्रस्तुत गरेको छ :

“नजाउँ कतै भीडभाड हुने ठाउँ

आउन सक्छ सहर सबै गाउँ

बनौँ सचेत

आत्तिनु पर्दैन

सावधानी अपनाउँ है हुन्नौँ अचेत…’

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृङ्खलाहरु यही अभियानमा सामेल भएका छन् । नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लव’ ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ । चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावटबारे प्रस्तुति दिन थालिएको छ ।

‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ । सचेतनाका लागि नागरिकहरुले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन् । यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानूनी काराबाहीको प्रक्रिया पनि अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस