कोरोनाबारे अफवाह फैलाउने पास्टर पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाबारे अफवाह फैलाउने पास्टर पक्राउ


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । यशूले कोरोना भाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्। सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा म्याद थप्न लागिएको छ ।

उनले मान्छेहरूलाई भेला पारी ‘यशूले कोरोनाभाइरस निको पार्ने, परमेश्वरको कृपा चाइनामाथि छ’ लगायतका भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।

यसअघि उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनीविरूद्ध मुलुकी संहिताको दफा ७० अनुसार अफवाह फैलाएकोमा मुद्दा अनुसार कारबाही हुने डिएसपी केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस