कोरोना भाइरस : विश्वभर १६ हजार ५ सयको मृत्यु, ३ लाख ८१ हजार संक्रमित (डाटासहित) - प्रशासन प्रशासन
prasaLogo
११ चैत्र २०७६, मंगलवार

कोरोना भाइरस : विश्वभर १६ हजार ५ सयको मृत्यु, ३ लाख ८१ हजार संक्रमित (डाटासहित)


प्रकाशित मिति : 24 March, 2020 12:01 pm

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर १६ हजार ५ सय ५८ जनाको ज्यान गएको छ भने ३ लाख ८१ हजार ७ सय ४५ जना संक्रमित भएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिइरहेकोले विश्व स्वास्थ्य संगठनले पनि सचेत रहन आग्रह गरेको छ ।

चीनको वुहानबाट फैलिएको यो रोग हाल चीनमा नियन्त्रण आउने क्रममा रहेको छ भने अन्य देशमा तिव्र रुपमा संक्रमण फैलिइरहेको छ । चीनमा हालसम्म ३२७७ जनाको मृत्यु भएको छ । त्यसको दोब्बर संख्यामा इटलीमा मृत्यु भएको केस रहेको छ । इटलीमा हालसम्म ६ हजार ७७ जनाको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आइसकेको यो रोग अन्य देशमा फैलिँदै गएको छ । हाल विश्वका १८६ देशमा यसको संक्रमण फैलिइसकेको छ ।

इटलीमा मृतकको संख्या ६ हजार बढी पुगेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । यस्तै, अमेरिकामा सोमबार मात्रै १४० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा ज्यान गुमाउनेको संख्या ५८२ पुगेको छ । ४६ हजार संक्रमित भएका छन् ।

यस्तै, स्पेन पनि कोरोनाको उच्च जोखिममा रहेको छ । जहाँ २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ । हालसम्मको तथ्याङ्कलाई हेर्दा स्पने कोरोना प्रभावितबाटल ज्यान गुमाउने मध्येको तेस्रो देश रहेको छ ।

यस्तै इरानमा पनि १ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । भने ३५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

नेपालमा पनि विदेशबाट आएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् भने । अर्का एक जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि हालसम्म १० जनाको मृत्यु भएको छ । ५ सय ८ जना संक्रमित भएका छन् ।

यस्तो छ कोरोना भाइरसको प्रभाव : कुन देशमा कति संक्रमित ?, कतिको मृत्यु ?

तथ्याङ्क स्रोत : March 24 (GMT)

 

Tags :
प्रतिक्रिया दिनुहोस