उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक केन्द्रीय कोषलाई दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक केन्द्रीय कोषलाई दिने


११ चैत्र २०७६, मंगलबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम केन्द्रीय राहत कोषलाई दिने भएका छन् ।

नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

उपराष्ट्रपति पुनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा आग्रह गरेका गरेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा सरकारका मन्त्रीहरुले एक(एक महिनाको तलब जम्मा गरका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस