लकडाउन पूर्ण कार्यान्यवनको व्यवस्था मिलाउन गृहको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउन पूर्ण कार्यान्यवनको व्यवस्था मिलाउन गृहको निर्देशन


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने गृह मन्त्रायलले मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै उच्च प्राथमिकताका साथ आदेश कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो ।

परिपत्रमा औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्किन नदिन भनिएको स्रोतले बताएको छ ।

अनुमित प्राप्त सवारीसाधान, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै सार्वजनिक वा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस