कोरोना भाइरस सङ्क्रमित युवतीको दोस्रो परीक्षण पनि गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस सङ्क्रमित युवतीको दोस्रो परीक्षण पनि गरिने


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना भाइरस(कोभिड-१९)बाट सङ्क्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ।

काठमाडौँ उपत्यकाकी स्थायी बासिन्दा उनलाई सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललेकोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने भएकोले पुष्टि गर्न दोस्रो परीक्षण पनि गरिने टेकु अस्पतालले जनाएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती ुसेल्फ क्वारेन्टिन बसेकी थिइन्। सेल्फ क्वारेन्टिनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि शुक्रवार टेकु अस्पतालमा सम्पर्क गरेकी उनलाई अस्पताल आउन चिकित्सकले सुझाएका थिए।

शुक्रवार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरेर सोही दिन स्वाब प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा आइतबार आएको नतिजामा युवतीमा कोरोनाको सङ्क्रमण देखिएको अस्पतालका निर्देशक सागरराज भण्डारीले बताएका छन् ।

उनका अनुसार अहिले बिरामीलाई आइसोलेसनमा छुट्टै कोठामा राखेर उपचार भइरहेको छ । उनीमा अहिले थप लक्षण नदेखिएपछि १४ दिनसम्म निगरानीमा राखिने छ ।

यदि दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखियो भने बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि क्वारेन्टिनमा बस्न लगाइएकोको छभने उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुको खोजी भइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस