२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह

अ+ अ-

पोखरा । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखरा विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ ।

साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ ।

प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । कास्की जिल्ला संयोजक अर्जुन खनालले भने, ‘हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरु नै त्रसित अवस्था रहेको भेट्यौँ । अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।’

साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयम्सेवी सहयोगी हातहरु अगाडि बढाउन साझा पार्टी सधै तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताए । साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उनको भनाइ थियो ।

यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने बताए ।

विन्ध्यवासिनी मन्दिरमा पूजा गर्न रोक

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड-१९ को सङ्क्रमण फैलन नदिन चैत ११ गतेदेखि विन्ध्यवासिनी मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने यो मन्दिरमा चैत मसान्तसम्मका लागि पूजाआजा गर्न रोक लगाइएको उहाँले बताउनुभयो । मन्दिरको दैनिक नित्य पूजाबाहेकका अन्य सबै पूजाआजा तथा धार्मिक गतिविधि गर्न रोक लगाएको उनले बताए ।

सचिव तीर्थ श्रेष्ठले मन्दिर परिसरमा समितिको मातहतमा पूजा सामग्रीको पसल सञ्चालन गरिरहेका व्यवसायीलाई सटर भाडामा चैत महिनाका लागि ६६ प्रतिशत र एम्बुलेन्स भवनका सटरको भाडामा ५० प्रतिशत पनि विशेष छुट दिने निर्णय समितिले गरेको जानकारी दिए ।

पोखरा महानगरपालिका–२ स्थित सो मन्दिरमा दैनिक तीन हजारभन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले पोखराको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा यो मन्दिरलाई लिने गरिन्छ ।

समितिले विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र र विन्ध्यवासिनी गुरुकुल पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस