कोरोना भाइरसको रोकथामका लागि एनआरएनले एक करोड सहयोग गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरसको रोकथामका लागि एनआरएनले एक करोड सहयोग गर्ने


प्रशासन संवाददाता

१० चैत्र २०७६, सोमबार


एनआरएनए

काठमाडौँ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न (गैरआवासीय नेपाली संघ) एनआरएनले नेपाललाई १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका हुन् ।

एनआरएनका कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ । उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत एनआरएनको तयारी रहेको जनाइएको छ ।

यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस