संसदीय सुनुवाइ समिति बैठक बस्दै, पाण्डेको सुनुवाइ हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संसदीय सुनुवाइ समिति बैठक बस्दै, पाण्डेको सुनुवाइ हुने


१० चैत्र २०७६, सोमबार


काठमाडौं । सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक गर्न निषेध गरेपनि आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ ।

बैठक आज ११ बजे बस्ने भएको हो ।

बैठकले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सनुवाइ गर्ने छ । समितिले पाण्डेका विरूद्ध उजुरी आह्वान गरेको थियो तर कुनै पनि उजुरीनपरेपनि उनको सुनुवाइ सक्ने समितिका एक सदस्यले बताएका छ ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। तर सुनुवाइ समिति १५ सदस्यीय मात्रै छ। सरकारले तोकेका भन्दा कम समिति सदस्य रहेकाले बैठक गर्न लागिएको स्रोतले जनाएको छ ।

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका पाण्डे यसअघि भारतका राजदूत भइसकेका व्यक्ति हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस