वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि « प्रशासन
prasaLogo
१० चैत्र २०७६, सोमबार

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि


प्रकाशित मिति : 23 March, 2020 6:48 am

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएकोमा इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ।

पटनामा गरिएको परीक्षणमा रुगंटालाई कोरोना भाइरसको संक्रमण भएको नदेखिए पनि कलेजले दोस्रो पटक परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस