मंगलबारबाट गड्डा चौकी नाकासमेत बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मंगलबारबाट गड्डा चौकी नाकासमेत बन्द


९ चैत्र २०७६, आइतबार


महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि मंगलबारबाट कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम फर्किन थालेपछि दैनिक हजारौँको भिड बढेसँगै नेपालले उच्च सतर्कता अपनाउन सो नाका बन्द गर्ने निर्णय गरको हो । तत्कालै नाका बन्द गर्दा नजिकिँदै गरेको बैसाख १ गतेको बिसु पर्वका लागि घर फर्किदै गरेको नेपालीलाई ध्यानमा राखि मंगलवारबाट मात्रै बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस