प्रतिबन्ध उल्लङ्घन गर्दै विदेशबाट ६१ यात्रु त्रिभुवन विमानस्थलमा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रतिबन्ध उल्लङ्घन गर्दै विदेशबाट ६१ यात्रु त्रिभुवन विमानस्थलमा


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । प्रतिबन्ध उल्लङ्घन गर्दै विदेशबाट विभिन्न एयरलाइन्सले शनिवार काठमाडौँ ल्याएका ६१ जना यात्रुलाई सरकारले क्वारेन्टाइनका लागि खरिपाटी पठाउने तयारी गरेको छ।

सरकारले शुक्रवार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउने गरी प्रतिबन्ध लगाएको भए पनि विदेशी एयरलाइन्सहरूले त्यसको उल्लङ्घन गर्दै धेरै शनिवार यात्रु लिएर काठमाडौँ विमानस्थलमा उत्रिएका छन्।

साथै यी मुलुकबाट अन्य मुलुकलाई ट्रान्जिट बनाएर पनि यात्रु आउन नपाउने सरकारले जनाएको थियो।

यसरी उत्रिएका ६१ यात्रुलाई क्वारेन्टाइनका लागि खरिपाटी पठाउन लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताएका छन् ।

सरकारी निर्णय अटेर गरी काठमाडौँमा यात्रु झार्ने एयरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेकोसमेत पौडेलले जानकारी गराए ।

आज बिहान दोहाबाट कतार एयर र दिउँसो बैंककबाट थाइ एयरका जहाज काठमाडौँमा ल्यान्ड गरेका थिए। अटेर गरेर अवतरण गरिए विमानस्थलबाटै जुन देशबाट आएको हो, सोही मुलुकतर्फ विमान फिर्ता गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस