सरकारी-निजी कार्यालय बन्द र सीमा नाका सिल गर्ने तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारी-निजी कार्यालय बन्द र सीमा नाका सिल गर्ने तयारी


७ चैत्र २०७६, शुक्रबार


काठमाडौं । विश्वव्यापी कोभिड-१९ (कोरोना) को त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ ।

अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ ।

यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ । आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो ।

यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनदेखि सम्बन्धित पक्षसँग संवाद गरिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस