१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई तीव्र सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताए।

मन्त्रालयमा आज आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थलको सफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले काम अघि बढाउने स्पष्ट पारे । उनले सफाइ मजदूरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताए।

सो अवसरमा एनआरएनए अभियानकर्मी एवं सफाइ विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्लाबेग्लै ‘अडिट’बुझाएका थिए। धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक)र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, कानूनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाइ मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

मन्त्री भट्टराईले उल्लेखित सुझाव महत्वपूर्ण र सान्दर्भिक भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ शुरु गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिए । उनले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिएका हुन् । सुधारका सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारेमा प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस