एकै दिनमा पाँच सय इन्डक्सन चुलो बिक्री ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकै दिनमा पाँच सय इन्डक्सन चुलो बिक्री !


७ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । एकै दिनमा करिब पाँच सय इन्डक्सन चुलो बिक्री भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँ उपत्यकास्थित तीन वटा बिक्री काउन्टरबाट चुलो बिक्री गरेको हो ।

कम्पनीको थापाथली, रामशाहपथ र नख्खुबाट चार सय ९८ इन्डक्सन चुलो बिक्री भएको प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदी ‘प्रयास’ले जनाएका छन् ।

इन्डक्सन चुलो ग्यासको परिपूरक विकल्प मात्र नभई देशमा उत्पादित जलविद्युतबाट सञ्चालन हुने भएकोले एउटा दिगो उपाय पनि भएको उनको भनाई छ ।

बिहीबार मात्रै सरकारले इन्डक्सन चुलो खरिद गर्न आग्रह गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस