कोरोना रोक्‍न मोदीले लगाए ‘जनता कर्फ्यू’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना रोक्‍न मोदीले लगाए ‘जनता कर्फ्यू’


६ चैत्र २०७६, बिहिबार


नयाँदिल्ली । कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यू घोषणा गरेका हुन् ।

जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई ‘जनता कर्फ्यू’ नाम दिइएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले ‘जनताको, जनताद्वारा, जनताका लागि लगाइएको कर्फ्यू’ भनेका थिए ।

जुन कर्फ्यू आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने संकल्प गर्नु पर्दछ,’ मोदीले भने ।

उनले भाइरसबाट बच्न जनतालाई स्वयं संकल्प गर्न पनि आग्रह गरेका थिए । संसार नै उक्त भाइरसका कारण संकटमा परिरहेका बेला भारतमा सरकारले नयाँ निर्णय गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस