लोक सेवाद्वारा सुरक्षा निकाय तथा संगठित संस्थाका परीक्षा पनि स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाद्वारा सुरक्षा निकाय तथा संगठित संस्थाका परीक्षा पनि स्थगित


६ चैत्र २०७६, बिहिबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाका परीक्षा पनि स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल नोटरी पब्लिक परिषद्का विभिन्न पद तथा तहका पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रमहरू अर्को सूचना प्रकाशन नभसम्मका लागि स्थगन गरेको आयोग प्रवक्ता गीता होमेगाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी निजामती सेवातर्फका नेपाल इन्जिनियरिङ, कृषि, वन, तथा नेपाल विविध, नेपाल प्रशासन, न्याय, परराष्ट्र तथा व्यवस्थापिका संसद् सेवाका अधिकृतहरूको पूर्व निर्धारित सबै परीक्षाहरू स्थगित गरेको आयोगले जनाएको छ ।

यसअघि चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय आयोगले गरि सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस