इन्डक्सन चुलो खरिद गर्न आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इन्डक्सन चुलो खरिद गर्न आग्रह


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । सरकारले इन्डक्सन चुलो खरिद गर्न आग्रह गरेको छ ।

सरकारले बिहीबार नियमित आयोजना गर्ने पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै ग्यासको विकल्पमा इन्डक्सन चुलो खरिद गर्न आग्रह गरेका हुन् ।

मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त इन्डक्सन चुलो रहेको र सुलभ मूल्यमा उपलब्ध गराइने मन्त्री भट्टले बताए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग इन्डक्सन चुलो छ,’ उनले भने, ‘आम उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्छौँ ।’

०७२ मा भारतले लगाएको नाकाबन्दी पछि बजारमा ग्यासको अभाव हुँदा चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुलो भन्सार विवादका कारण केही समय त्रिभुवन विमानस्थलको भन्सार गोदाममा थन्किएको थियो ।

कम्पनीसँग रहेका ६ हजार थान इन्डक्सन चुलोको पछिल्लो समय बिक्री बढेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदी ‘प्रयास’ ले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस