चिडियाखाना बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिडियाखाना बन्द


६ चैत्र २०७६, बिहिबार


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानासमेत बन्द गरिएको छ।

शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो।

विद्यार्थीहरुको स्कुल बिदा हुने भएका कारण यो चैत्र महिनामा आगन्तुकको संख्या बढ्ने गरेको भएपनी देशको एक मात्र चिडियाखानामा बन्द भएको छ ।

भिडभाडमा कोरोना भाइरसको संक्रमण छिटो हुने भन्दै चिडियाखाना प्रशासनले बन्द गर्ने निर्णय लिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस