२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमावर्ती थप पाँच स्थानमा जाँचकक्ष स्थापना गरिँदै

अ+ अ-

बाँके । भारतको उत्तरप्रदेशमा कोरोना सङ्क्रमित बिरामी फेला परेपछि सीमावर्ती बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सावधानी अपनाइएको छ ।

नेपालमा सङ्क्रमण हुन नदिन गाउँपालिका क्षेत्रमा थप चार स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा जाँचकक्ष स्थापना गरिएको थियो ।

विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताउनुभयो ।

उनका अनुसार भारतसँग सीमा जोडिएको नरैनापुरको रोशनपुर्वा, घोरदौरिया, भगवान्पुर र सोनवर्षामा स्वास्थ्य जाँचकक्ष स्थापना गर्न लागिएको छ । सुइयानाकामा भने यसअघि नै जाँचकक्ष स्थापना गरिएको छ । “सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई अपिल गर्दछौँ, अत्यावश्यक कामबाहेक अन्य समयमा धेरै हिँडडुल नगर्न हाम्रो आग्रह छ”, अध्यक्ष साहले भने, “पूर्व सावधानीस्वरुप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवजआवत गर्ने नागरिकको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने व्यवस्था मिलाउँछौँ ।”

भारतको उत्तर प्रदेशमा पनि कोरोना सङ्क्रमित बिरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने गरी स्वास्थ्य जाँचकक्ष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खाँले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जाँचकक्षमा एक सिफ्टमा दुई स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर सेवा सञ्चालन गरिने छ । सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन माइकिङ गर्ने निर्णय पनि भएको छ । माइकिङ गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजगता अपनाउन अपिल गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाइ गर्न जरुरी रहेको बताए । सर्वसाधारणलाई कोरोनाको सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए।

बाँकेको जानकी गाउँपालिकाले पनि भारतसँगको सीमाक्षेत्र वडा नं १ साइगाउँमा कोरोना भाइरस परीक्षण कक्ष स्थापना गर्न लागेको अध्यक्ष रामनिवास यादवले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाहनाका, विमानस्थल, उपमहानगरपालिका कार्यालय, बसपार्कलगायतका स्थानमा जाँचकक्ष सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस